Take a Poll

टी इ इ भनेको केहो?
 

ITEEN Statistics

Tutors and Students Details

Particular July, 2009
Decrease April, 2010
Active Students 4323 Increase 4443
Total Students 8954 Increase 9649
Active Tutors 203 Increase 209
Total Tutors 1119 Increase 1189
Active Groups 483
Increase 507

Useful Links

आत्मिक यात्रा रेडियो कार्यक्रम

नेपाली ख्रीष्टियन वेवसाइट

परिवर्तन गर्ने शक्ति

नेपाली संगति अमेरिकामा

Jesus, Society and Us | Print |

 

"प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व" यो वाक्यले मलाई कराई रहेको छ यी दिन र हप्ताहरूमा। कसैलाई नछोडी, कसैलाई पाखा नपारी - प्रत्येक मानिसलाई परिपक्व बनाउने योजना नया करारको हो। आइटीनको पनि यही लक्ष्य। परिपक्वता भनेको पाको, बुद्धिमान, समझदार, गम्भीर, सभ्य, सन्तुलित, ठीक बेठीक छुट्याउन सक्ने। यो पाउँछौं हामी कलस्सी १:२८मा।

"प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व" यो वाक्यले मलाई कराई रहेको छ यी दिन र हप्ताहरूमा। कसैलाई नछोडी, कसैलाई पाखा नपारी - प्रत्येक मानिसलाई परिपक्व बनाउने योजना नयाँ करारको हो। आइटीनको पनि यही लक्ष्य। परिपक्वता भनेको पाको, बुद्धिमान, समझदार, गम्भीर, सभ्य, सन्तुलित, ठीक बेठीक छुट्याउन सक्ने। यो पाउँछौं हामी कलस्सी १:२८मा। तर हिजो आज तपाईंलाई जस्तै, मलाई पनि त्यो अर्को कुरोले पोलिरहेको छ, तर्साइरहेको छ।


नेपाली ख्रीष्ट मण्डली विशाल, वृहत बन्दैछ। तर सबै धन, सम्पत्ति, दान, वरदान, स्रोत, साधन, व्यक्ति, विश्वासी किन हो चर्चभित्र नै परिचालित र सिञ्चित। बाहिरको मिठाइ पसल, बेकरी, होटल, अदालत, अस्पताल, व्यापार, बिल्डिंग, बैंक, उद्योग, कलेज क्याम्पस, गीत, संगीत, फिल्म, साइबर, पत्रिका, प्रकाशन, यातायात, निर्माण, भण्डार सबैप्रति हामीले रुचि नलिने कसम खाएका छौं। देशभित्र चर्च जागेको छ। चर्च देशबाट भागेको छ। प्रभुको काममा समाज त्यागेको छ। बाँचेका आत्मा फेरि आत्मा बचाउने काममा लागेको छ। चर्च बनाउँदैछौं नेपाललाई गुमाउँदैछौं। समाजबाट बोलाउने, समाजतिर नजाने। सान्दर्भिक छौं अहिलेसम्म हामी, भोलि असान्दर्भिक बन्‍नेछौं। प्रतिस्पर्धामा हामी कतै पनि होमिएका छैनौं। फलत: तिखारिएका छैनौं। चर्चकै चार दिवारलाई पनि थर्काउन सकेका छैनौं। मीठो, मसिनो बोल्दै हामी अर्थहीन बन्दैछौं। भोलि हामी एउटा धार्मिक समाज र समुदायमात्र बन्‍नेछौं। काममा लगाउन खोज्दा जुन कुरो काम नलाग्ने हुन्छ त्यसलाई अलिक ठूलो शब्दमा असान्दर्भिक भन्छ क्यार। टाइम, मौसम र प्रविधि नमिलेको सामग्री। ठण्डीको ज्याकेट गर्मीमा काम नलाग्ने, टाइपराइटर कम्प्यूटरको जमानामा असान्दर्भिक, ट्रक र पिकअपको अघि हाते गाडा असान्दर्भिक, बल पेनको जमानामा प्वाखको सुइरोमा मसी असान्दर्भिक। स्वर्गको कुरामा टेबिल ठोकिदैछ। तर चर्चको मुक्‍का संविधान सभा र सर्वोच्च अदालतको टेबिलमा बजारिएको छैन। बाइबल कलेज बढी भो। बाहिरको नलेज कमी भो। हाम्रो अग्नि परीक्षा समाज हो। त्यहाँ छन् खेलाडीहरू। पसीनै पसीना बगाउनेहरू। उनीहरू टेन प्लस टु भन्छन्, साइन्स भन्छन्, इन्जिनेर भन्छन्। कुद्या छन्, टप गर्‍या छन्। नाम चम्काका छन्, दाम चम्काका छन्, पत्रिका ढाकेका छन्, शीर्षशीर्ष स्थान ओगटेका छन्। चर्चमा छेकिएर, पर्खालमा छेलिएर राजाहरूको राजा येशूको वयान कसरी हुन्छ होला सोच्नुहोस्। सोचौं मिलेर। गरौं केही। भविष्यमा हामी असान्दर्भिक बनौंला भन्‍ने त्रासले मलाई, हामीलाई अत्याको छ। छिटो गर्नुपर्छ हाम्रा छोराछोरीलाई यी अध्ययन र पेशाहरूमा ठेल्नुपर्छ। परिवर्तित वयस्कहरूलाई पुन समाजको भीडन्तमा पठाउनुपर्छ। अरूअरूलाई सम्पूर्ण रूपले, सम्पूर्ण देशको सम्पूर्ण जिम्मा सुम्पिदिनु हुन्‍न। क्रिस्चियन सहभागिता र सक्रिय हस्तक्षेपविना हरेक समाज र देश नून नलागेको तरकारी हुन्छ। इसाई जब धरतीमा हराउँछ, चर्चभित्रै बिलाउँछ समाजको साँचो बत्ती निभेर जान्छ।


देश परिवर्तन हुँदैछ। आइटीन अब दर्ता भएको छ। दर्ता भएपछि कतिपय कामकुरो सहज पनि हुनेछ। नेपाल बद्लियो अब। हिजोको साँघुरो सोचविचारभित्र देश अब छैन भन्‍ने कुरोको प्रमाण हो यो। २३०-४० वर्षदेखि शाहवंश र राणावंशले देशभित्रका विविध वर्गका मानिसहरूलाई अँध्यारोमा राखेर पशुलाई जस्तै व्यवहार गरेका थिए। यो देशमा क्रिस्चियन भएकै नाताले नागरिकहरूलाई जेलमा हालिएको थियो भन्‍ने कुरा हामीले कहिल्यै भुल्नु हुँदैन। तीतो सम्झना ताजा राख्‍नको लागि नभुल्नू भनेको होइन। परमेश्वरको ताकतले कुनै देशलाई कसरी पल्टाउनसक्छ त्यो कुरो हामीले सम्झनुपर्छ। उनै परमेश्वरको ताकतमा हामीले पनि देशलाई पल्टाउनुपर्छ। नयाँ पुस्ताका विश्वासीहरूले पुरानो कुरो भुल्नुभो भने जीवनमा हल्कापना आउनसक्छ। हामी गम्भीर बन्‍नको लागि स्वर्ग राज्यका राजाले बोलाउनु भएको छ। सतर्क पनि हुनुपर्छ, धन्यवादी पनि हुनुपर्छ (कलस्सी ४:२)। हुन त नागरिकको सामान्य अधिकार हो संस्था दर्ता गर्न पाउनु। युगौंदेखि थिचिएर बसेका अल्पसंख्यकहरूले लोकतन्त्रको घाममा आंग तन्काउन पाका छन् अब। "तिमीहरू परिपक्व होओ, र परमेश्वरको 'सारा इच्छा'मा सम्पूर्ण रूपले निर्धक्‍क भई बस्न सक।" (कलस्सी :१२)। म सोच्दछु, परमेश्वरको 'सारा इच्छा' भित्र नेपाली क्रिस्चियन डाक्टर, इन्जिनियर, प्रोफेसर, कूटनीतिज्ञ, उद्योगपतिहरू पनि सायद पर्छन्।


जब नागरिक समाजले अथवा कुनै पनि राजनीतिक व्यक्तिले न्याय, अधिकार अनि सुशासनको कुरा गर्छ तब उनले बाइबल शास्त्र नै कोट्याएका हुन् भनी हामीले सोच्नुपर्छ। सभ्य व्यवहार, चोखो नीति र असल आचरण भएको शास्त्र नै त्यही हो। ती शिक्षा त्यो पुस्तकबाट नै पश्चिमका मुलुकहरूले उतारेका हुन्। दैनिक जीवनको आचार संहिता। सत्य, पवित्र परमेश्वरको अस्तित्व यो जगतमा छ, अनि उहाँको बारेमा जानकारी गराउने पुस्तक नै यही हो भनी हामी बाइबल किन्छौं, बोक्छौं र पढ्छौं। उहाँका कुरा सिकाउन नै आइटीनले यो पाठशाला सञ्चालन गरेको हो। बाइबल पढेपछि मान्छेले मान्छेलाई सभ्य व्यवहार गर्न लाग्छ। यही कुरो थाहा पाउलान् र बाइबल फेमस होला भनी यो देशमा चर्च विरोधी कानून बनाइएको थियो। मैले धेरैचोटी लेखेरै सोधे पत्रिकाका पानाहरूमा बाइबलमा के गल्ती छ? कुन खराबी छ? चर्च विरोधी कानुन कोर्नेहरूले बताइदिनू भनी सोधे। गल्ती छ भने हामी यो पुस्तक पढ्न छाड्छौं। उनीहरूबाट यतिमात्र उत्तर आयोँ ×यो देशको धर्म पिता पूर्खाले मानिल्याएको धर्म हो।" यही समाजका पितापूर्खाले झन कठोर रूपले पालन गरेको कुरोलाई उनीहरू आफ्नै मुखले फेरि कुचलन र कुप्रथा भन्छन्। जातीय विभेद, बहूविवाह, नारी दमन। ख्रीष्टले मानव चोला लिनुभएको बेलामा महिलाहरूप्रति कस्तो उच्च र आदर्श व्यवहार उहाँमा देखियो, त्यो सम्झनुहोस्। 'ख्रीष्टमा जरा गाडेका र निर्माण' भएकाहरूले पनि त्यस्तै उच्च नैतिकता देखाउनु पर्छ (कलस्सी २:७। नारी आदरको योग्य भनेर बाइबलले भनिसकेकै छ (कलस्सी ३:१९)। (बोली वचन, कलस्सी ३:८, ४:६) (राम्रो, नैतिक अचारण कलस्सी ३:५-१०)। (सबै वर्गका मानिस बराबर, कलस्सी ३:१०)। (शान्ति, मेलमिलापको आचरण र हुकूम, ३:१२,१३)। (मालिक, मजदुरको सम्बन्ध कस्तो हुनुपर्छ (कलस्सी ३:२२-४:१)। बाइबलको १६०० पृष्ठबाट चारओटा पेज मात्र जिकिर गरियो। बाइबलभित्र नै प्रजातन्त्रको सिद्धान्त भेटिन्छ। त्यसै कारण बाराक ओबामा बाइबलमा हात राखी शपथ खान्छन्, छातीमा हात राखी चीन भ्रमणमा प्रजातन्त्र पढाउँछन्। यहाँ भित्रको कुनै पनि सिद्धान्त र शिक्षालाई कुप्रथा भनेर प्रमाण गर्न सकियो भने हामीले यो पुस्तकलाई फालिदिए हुन्छ। किनभने पूजा पुस्तकको होइन। कुनै धर्म मान्‍नकोलागि कोरिएको धर्मपुस्तक होइन यो। मण्डलीको विस्तृतिभित्र सामाजिक विकृतिको समाप्ति लुकी बसेको छ। यसकारण ख्रीष्ट विश्वासी मित्र हो, 'कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टका अनुसार होइनन्' (कलस्सी २:८)।


एक मित्रले हालैमा भन्‍नुभो, "हाम्रो धर्मको जात मान्‍ने प्रथा मलाई पटक्‍क मन पर्दैन।" मैले उहाँलाई प्रश्न गरे "त्यसो भन्‍ने अधिकार तपाईंले कहाँबाट पाउनुभो? तपाईं को? तपाईं वेदको शास्त्र लेख्‍ने भन्दा पनि ठूलो हो?" उहाँ तर्सिनुभो, मलाई चुप्प लागेर हेर्नुभो। मैले भने, "मैले बाइबलको कुरा ठीक छैन, कुप्रथा, केके भनेको खण्डमा मलाई त क्रिस्चियन समाजबाट नै निकालिदिन्छ। त्यो पुस्तकमा विकृति छ भने मैले संसारभरिका क्रिस्चियनहरूलाई सतर्क गराएर बाइबल बन्द गराउन पाउनेछु।" आदरणीय पाठक, अन्धो अध्ययनको निम्ति बनेको मन्त्र फलाक्ने पुस्तक यो होइन। "प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई 'सारा बुद्धिमा' सिकाउँदै हामी ख्रीष्टलाई घोषणा गर्दछौं" (कलस्सी १:२८)। सारा बुद्धि, सारा तर्क, सारा अनुसन्धानको कसीमा घोटीघोटी बाइबलको वचन निष्खोट साबित भएको छ। यो राष्ट्रलाई चाहिएको शिक्षा यो हो। यसमा बिखेत गर्ने कुरै केही छैन। ख्रीष्ट धर्मको सार यति हो ईश्वरले मानवलाई प्रेम दिएका छन् र मानवबाट ईश्वरले प्रेम मागेका छन्। यो चोलामा मात्र होइन अन्त्यसम्म साथ दिने ईश्वरको वाचा छ, 'ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ,' (कलस्सी ३:४)। अन्त्यमा - धन्यवाद प्रभु, तपाईंको योजना, तपाईंको इच्छा अनि हामी सबैलाई तपाईंको प्रतिज्ञाको लागि, धन्यवाद।