Take a Poll

टी इ इ भनेको केहो?
 

ITEEN Statistics

Tutors and Students Details

Particular July, 2009
Decrease April, 2010
Active Students 4323 Increase 4443
Total Students 8954 Increase 9649
Active Tutors 203 Increase 209
Total Tutors 1119 Increase 1189
Active Groups 483
Increase 507

Useful Links

आत्मिक यात्रा रेडियो कार्यक्रम

नेपाली ख्रीष्टियन वेवसाइट

परिवर्तन गर्ने शक्ति

नेपाली संगति अमेरिकामा

दीक्षान्त समारोह | Print |

नेपालका विभिन्‍न स्थानहरूमा आइटीनका पाठ्यक्रमहरू अध्ययन गर्ने केही विद्यार्थीहरूलाई आइटीनले दीक्षान्त समारोहमा सम्मानकासाथ प्रमाण पत्र र प्रशंसा पत्र वितरण गरेको छ। घरको काम, अफिस, व्यवसाय, ज्याला मजदूरी, स्कूल, कलेज, पास्टरीय सेवा पुर्‍याउँदै आउनुभएका व्यस्त व्यक्तिहरूले लामो समयदेखि आइटीनका पाठ्यक्रमहरू अध्ययन गर्दै आउनुभएको छ।यस पटक रुकुम र चितवनमा दीक्षान्त समारोहहरू सम्पन्‍न भए।

 

रुकुम- २०११ जनवरी ९ तारिखका दिन रुकुम जिल्लाको नाइघाट दीक्षान्त समारोहमा आइटीनका कोर्षहरू भरपूर जीवनदेखि ख्रीष्‍टको जीवनी १ सम्म पूरा गर्नुभएका विद्यार्थीहरूलाई आइटीनबाट एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज प्रमाण पत्र प्रदान गरिएको थियो। दीक्षान्त समारोहको लागि आइटीनका कार्यकर्ता सर्जु रिजाल र फेमिलि अफ गड चर्चका पास्टर प्रकाश बगाले जानुभएको थियो।रुकुम जिल्ला भौगोलिक कारणले यातायातको लागि विकट भएतापनि आइटीनका पाठ्यक्रमहरू विभिन्न क्षेत्रहरूमा सजिलो र व्यवस्थित तरिकाले अध्ययन भैरहेका छन्। मुसीकोट चर्चका पास्टर जवाहरलाल पुन, पौलस पुन र आइटीनको शिक्षक तालिम लिनुभएका शिक्षकहरू नै सक्रिय भएकोले रुकुममा आइटीनको कार्यक्रम लाभदायक भएको छ।


चितवन- मिति २०६८ अनन्त जीवन चर्च कुरिनटारमा लामो समयदेखि दिदीवहिनीहरूको समूहमा आइटीनका पाठ्यक्रमहरू अध्ययन हुँदै आएका छन्।अध्ययनरतहरूको लागि आइटीनको दीक्षान्त समारोह शनिवार सेवाकै समयमा राखिएको थियो।दीक्षान्त समारोहमा आइटीनका कार्यकर्ता र परिवारहरूको पनि सहभागिता रहेको थियो।पास्टर आन्द्रियास लामाले आराधना संगतिमा अगुवाइ गर्नुभएको थियो।वचनको सेवा आइटीनका निर्देशक टंक सुवेदीले गर्नुभएको थियो।वचनपछि बाँकी समयमा दीक्षान्त हुने विद्यार्थी तारा नेपाल र लक्ष्मी प्रजाले अध्ययनबाट पाएको आशिष् बाँनुभएको थियो।

भरपूर जीवन, भरपूर ज्योति र ख्रीष्‍टको जीवनी १ सम्म पूरा गर्नुभएका ४ जनालाई एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीजको प्रमाण पत्र पास्टर आन्द्रियास लामाको हातबाट वितरण गरिएको थियो।

आफूले पनि अध्ययन गर्दै समूहमा राम्रोसँग सहजकर्ताको काम गर्ने शिक्षिका श्रीमती तारा नेपाललाई निर्देशक टंक सुवेदीको हातबाट प्रशंसा पत्र र उपहार प्रदान गरिएको थियो।मण्डलीकै उपस्थितिमा सबैजनाले प्रमाण पत्र पाउनेहरूको निम्ति प्रार्थना गरी दीक्षान्त समारोह समाप्‍त भएको थियो।