Take a Poll

टी इ इ भनेको केहो?
 

ITEEN Statistics

Tutors and Students Details

Particular July, 2009
Decrease April, 2010
Active Students 4323 Increase 4443
Total Students 8954 Increase 9649
Active Tutors 203 Increase 209
Total Tutors 1119 Increase 1189
Active Groups 483
Increase 507

Useful Links

आत्मिक यात्रा रेडियो कार्यक्रम

नेपाली ख्रीष्टियन वेवसाइट

परिवर्तन गर्ने शक्ति

नेपाली संगति अमेरिकामा

your Question Rev. Balkrishna's Answers | Print |

तपाईको प्रश्न रेम बालकृष्ण शर्माको उत्तर

प्रश्‍न १. उत्पत्तिको पुस्तक ६ अध्यायको २ पदमा लेखिएको परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे यो भनाइको विविधतालाई हामी सबैको भलाईको लागि उत्तर प्रष्टरुपमा दिनु भए म जस्तै हजारौं अनविज्ञ सेवक सेविकाहरूले उत्साह पाउने थियौं।

उत्तरः यस विषयमा मानिसहरूमा विभिन्न विचारहरू रहेका छन् । परमेश्वरका छोराहरू र मानिसहरूका छोरीहरू भन्नाले के बुझिन्छ भन्ने हाम्रो सवाल हो । ६ अध्यायको २ पदको सन्दर्भ बुझ्नका लागि हामीले यसभन्दा पहिलेको खण्डलाई स्पष्टसँग बुझ्नु आवश्यक पर्दछ । मानवजातिले परमेश्वरको विरुद्धमा पाप गरेपछि मानवजाति कयिन र शेतको वंशमा विभाजित भयो। हाबिललाई कयिनले हत्या गरेपछि, परमेश्वरले आदम र हव्वाको लागि शेतको जन्म दिनुभयो । यसरी कयिन र शेतको वंश बढ्न थाल्यो । कयिनका सन्तानहरू भक्तिहीन र दुष्ट स्वभावका भए भने, शेतका सन्तान परमेश्वरको भय राख्‍ने व्यक्तिहरू भए । यहाँ शेतका सन्तानलाई परमेश्वरका छोराहरू भनिएको हुनसक्छ र कयिनका सन्तानहरूलाई मानिसका छोरीहरू भनिएको हुनसक्छ । यिनीहरूका बीचमा वैवाहिक सम्बन्ध जोडिएको देखिन्छ । यस खण्डलाई यही किसिमले बुझ्दा असल हुन्छ ।

प्रश्‍न २. उत्पत्तिको पुस्तक १को १ अनुसार संसारको उत्पत्तिभन्दा पहिला पानी नै थियो भन्ने भनाइलाई हामीले कसरी व्याख्या गर्नुपर्छ ?

उत्तरः उत्पत्तिको पुस्तकको अध्ययनमा हामीले पद १ र २ लाई स्पष्टसँग बुझ्नुपर्दछ । पद १ मा भनिएको छ, "आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।" त्यसकारण संसारको सृष्टिभन्दा पहिले नै पानी थियो भन्ने कुरा यहाँ बताईएको छैन । आकाश र पृथ्वीलाई सृष्टि गर्ने क्रममा उहाँले सबैथोक सृष्टि गर्नुभयो । यो सृष्टि भएपछि त्यहाँ केही भयो, जुन कुरा २ पदले बताएको छ । १ पद र २ पदको बीचमा लामो समयको अन्तर छ भन्ने कुरालाई धेरै विद्वानहरूले विश्वास गर्दछन् ।

प्रश्‍न ३. रोमीको पुस्तक अनुसार परमेश्वरका पुत्रहरू प्रकट हुनेछन् भन्ने भनाइलाई कसरी व्याख्या गर्दा उत्तम हुन्छ, रोमी ८:१९ पद ?

उत्तरः मानवजातिले गरेको पापको कारण पृथ्वी श्रापित भएको छ । यस श्रापको कारण पृथ्वी प्रसव वेदनामा रहेको छ । यसबाट छुटकारा पाउने दिनको प्रतिक्षामा पृथ्वी रहेको छ । त्यो छुटकारा पाउने दिन भनेको ख्रीष्टको दोस्रो आगमन हो। तपाईंले रोमीको पुस्तकको सन्दर्भलाई स्पष्टसँग हेर्नुभयो भने, प्रकट हुने महिमाको बारेमा देख्‍नुहुन्छ । त्यो प्रकट हुने महिमा ख्रीष्टको दोस्रो आगमनको समयमा हुन्छ, जुनबेला परमेश्वरका सन्तान यस पृथ्वीमा येशूसँग शासन गर्नका लागि आउनेछन् र त्यस बेलाको पृथ्वी यशैया ११ अध्यायमा उल्लेख गरिएको जस्तो पृथ्वी हुनेछ ।

प्रश्‍न ४ कोरिन्थीको पुस्तकमा पावलले वयान गरेको १४ वर्ष पहिला स्वर्ग लगिएको व्यक्ति को हुन कुनै स्पष्ट उत्तरको अपेक्षा गर्न सक्छौ कि?

उत्तरः धेरै विद्वानहरूको विचारअनुसार पावलले आफ्नै बारेमा बताइरहेका थिए । सामान्य रुपमा विचारगर्दा पावल लुस्त्रामा भएका बेला मानिसहरूले उनीमाथि ढुङ्गा प्रहार गरे र उनी मरे भनी छोडेर गए । त्यही बेलामा पावलको आत्मा तेस्रो र्स्वर्गसम्म पुगेको थियो (प्रेरित १४ को १९-२०) । पावलको यस अनुभवपछि उनी फेरि जीवनमा आए । यसको १४ वर्षपछि पावलले यो पत्र लेखेका हुनसक्छन् ।

प्रश्‍न ५. तेस्रो पदमा उल्लेखित तेस्रो स्वर्गको बारेमा केही स्पष्ट धारणा दिन सक्नुहुन्छ कि- (२ कोरिन्थी १२को २-६)?

उत्तरः तेस्रो स्वर्ग भन्नाले परमेश्वरको उपस्थितिको ठाउँ हो, जसलाई येशूले स्वर्गलोक भनी उहाँको मृत्युको समयमा सम्बोधन गर्नुभएको छ । पावलले पनि यही ठाउँलाई सम्बोधन गरेका हुनसक्छन् ।