Updates

आइटीन चौतारी
ITEEN Chautari 2017 | 10/30/2017

लामो समयपछि आइटीन चौतारी अङ्‍क २२ साइटमा राख्‍न सफल भएका छौं। यो अङ्‍क कतिले पाईसक्नभयो होला यदि कसैले पाउनुभएको छैन भने कार्यालयमा सम्पर्क गर्नुहोला। नयाँ अङ्‍क २३ पनि तयारी हुँदैछ अध्ययनरतहरूले, अथवा चर्चले आइटीनबाट पाएको आशिष्‌ छ भने लेखेर पठाउनुहोला साथै सामूहिक अध्ययन गर्दै गरेको फोटो पनि पठाउन सक्‍नुहुनेछ।  आइटीन चौतारी अङ्‍क २२ यहाँ अपलोड गरिएको छ।  ... Read More थप पढ्नुहोस्

हार्दिक समवेदना
Heartly Condolence | 5/16/2017

काठमाडौं- आइटीनका निर्देशक पास्टर टंक सुबेदीको आमा मार्था सुबेदीको ८४ वर्षको उमेरमा बैशाख ३० गते शनिबार राती परमेश्वरको घरमा जानुभएको छ। शारीरिक रूपमा यस धर्तीबाट आमालाई गुमाउनु पर्दाको यस दु:खद घडीमा शोकाकुल सम्पूर्ण परीवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै र उहाँहरूको परिवारमा शान्तवनाको लागि परमेश्वरसँग प्रार्थना गर्दछौं।    आइटीन परिवार

​धरानमा दिक्षान्त समारोह सम्पन्न
ITEEN | 3/22/2017

धरान- पूर्वाञ्‍चलको सुन्दर शहर धरानमा आइटीन पाठ्यक्रम अध्ययनरत पास्टर अगुवा तथा विद्यार्थीहरूको लागि चैत्र ८ गते मंगलबारका दिन एलोहिम चर्च धरानमा आइटीन दीक्षान्त समारोह भव्यरूपमा सम्पन्न भएको छ। दिक्षान्त समारोहमा ७५ जना विद्यार्थीहरुले "एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज" को प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ। यसपटकको दिक्षान्त समारोमा एलोहिम चर्च धरान, धरान ब्रद्रेन एसेम्बली, ... Read More थप पढ्नुहोस्

रामघाट चर्च पोखराले आत्मिक तथा मण्डली विकासको लागि आइटीन पाठ्यक्रम सञ्चालन गर्ने
ITEEN | 3/1/2017

फेब्रुअरी ६, २०१७ मा नेपाल ख्रीष्टिय रामघाट चर्च पोखराले चर्चमा आत्मिक बृद्धि तथा मण्डली विकासको लागि पुन आइटीन पाठ्यक्रम सञ्चालन गर्ने भएको छ। नेपाल ख्रीष्टिय रामघाट चर्चको बोर्डले बृहत छलफल गरी सो निर्णय गरेको कुरा स्वागत गर्ने क्रमममा प्रकाश भुजेलले बताउनुभएको हो। फेब्रुअरी ६ तारिखका दिन रामघाट चर्चले आयोजना गरेको आइटीन सँगको मिटीङमा एल्डरहरू बेदी सुबेदी, प्रमोद मुल्मी, के बी गुरूङ, सोभाखर ... Read More थप पढ्नुहोस्

निर्दोष भएको र साँचो कुरा गर्दा पनि मेरो सुनुवाई भएन
3/29/2016

मेरो नाम राजन थामि हो। जन्म सिन्धुपाल्चोक जिल्लाको धुम्याङ् गा.वि.स. वडा नं. ७ हुन्डुङ् गाउँमा २०४१ साल पौष ७ गते एउटा गरिव परिवारमा भएको हो। मेरो बुवा धामी झाक्री काम गर्नु हुन्थ्यो। घरमा आमा साह्रै विरामी हुनुहुन्थ्यो। एक दिन पाष्टर लोक बdहादुर थापा आउनु भयो र बुवा आमालाई प्रभु येशुको बारेमा सुसमाचार सुनाउनुभयो। बुवा आमा सबै परिवार प्रभुमा विश्वास गर्नुभयो। मलाइचाहिँ येशु भन्ने को हो मलाई थाहा ... Read More थप पढ्नुहोस्

नेपाल अगुवा सम्मेलन २०१६ सम्पन्न
Nepal Leaders' Conference 2016 | 3/22/2016

काठमाडौं- नेपाल अगुवा सम्मेलन २०१६ नेपाल गोस्पल चर्च कुसुन्तीमा सम्पन्न भएको छ। नेपालका पहाडी भेगका पास्टर तथा अगुवाहरूलाई लक्षित गरी आइटीन र फेमिली अफ गड चर्चले किंग्स चर्च युकेसँग सहकार्य गरी हरेक वर्ष नेपालमा अगुवा सम्मेलन गर्दै आएको छ। सम्मेलन ५० जना अगुवाहरूको लागि भनिएपनि हरेक वर्ष संख्यामा वृद्धि हुँदै यस वर्ष १२१ जना अगुवाले भाग लिने मौका पाएका थिए। अगुवा सम्मेलनले मण्डलीका अगुवाहरूलाई ... Read More थप पढ्नुहोस्

काठमाडौंमा दीक्षान्त समारोह सम्पन्‍न
Graduation Ceremony in Kathmandu | 3/22/2016

काठमाडौं- बेथशालोम पुतलीसडक चर्च काठमाडौंमा मार्च ५, २०१६ मा बेथशालोम फेथ स्कूल अफ मिनिष्ट्रिको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा विभिन्न चर्चका पास्टर, अगुवा तथा विभिन्न ख्रीष्टिय संघ संस्थाका पदाधिकारी, स्थानिय चर्चका सदस्यहरू र पत्रकाहरूको उपस्थितिमा दुई वर्षे बाइबल स्कूलको ११ ‍औ दीक्षान्त समारोह सम्पन्न भएको थियो। समारोहका सञ्‍चालक एल्डर ज्ञान ... Read More थप पढ्नुहोस्

पोखरामा दीक्षान्त समारोह
Graduation in Pokhara | 3/9/2016

पोखरा- सुन्दर नगरी पोखरामा आइटीन दीक्षान्त समारोह सम्पन्न भएको छ। नेपालकै पहिलो मण्डली ख्रीष्टिय रामघाट मण्डली पोखरामा २०१५ डिसेम्बर ३१ तारिखका दिन विभिन्न मण्डलीका पास्टर, अगुवाहरू ज्यूको उपस्थितिमा  ६ वटा चर्चका ७२ जना अगुवाहरू दीक्षित हुनुभएको थियो। दीक्षान्त समारोहमा भरपूर जीवन, भरपूर ज्योती र ख्रीष्‍टको जीवनी-१ पाठ्यक्रम पुरा गरेका ७२ जना अगुवा तथा वीद्यार्थीहरूलाई ... Read More थप पढ्नुहोस्

मुगुमा शिक्षक तालिम सम्पन्न
रारा, मुगु | 3/2/2016

मुगु जिल्लामा पहिलोपटक आइटीन शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा १९ जना पास्टर तथा अगुवाहरूको सहभागिता रहेको थियो। तालिमको आयोजना पास्टर पावल माइकलको प्रार्थना र सहयोगमा रारा शान्ति चर्चले व्यवस्थापन गरेको थियो भने मुगु इसाई समाजको संयोजकत्वमा तालिम सफल भएको हो। मुगु इसाई समाजका अध्यक्ष दधि कुमाइका अनुसार मुगु जिल्लामा १५ वटा चर्च भएको र जसमध्ये १२ वटा चर्चबाट ... Read More थप पढ्नुहोस्

जुम्लामा शिक्षक तालिम सम्पन्न
ITEEN Tutor Training | 10/27/2015

कर्णाली अञ्चलको जुम्ला जिल्लामा पहिलो पटक आइटीन शिक्षक तालिम सम्पन्न भएको छ। शिक्षक तालिम अक्टोबर २५ तारिख देखि २७ तारिखसम्म भएको थियो। शिक्षक तालिम विभिन्न चर्चका ६ जना पास्टर तथा अगुवाहरूको लागि भएको थियो। तीन दिनसम्म भएको शिक्षक तालिमको अनुभव फरक र व्यवहारिक भएको कुरा तालिममा सहभागी पास्टरहरू बताउनुहुन्छ। यो तालिम जुम्ला जस्तो विकट ठाउँमा सम्पन्न भएकोमा स्थानिय चर्चका पास्टरहरू निकै हर्षित ... Read More थप पढ्नुहोस्

More UpdateEntries

ITEEN provides tools for discipleship and leadership development in the local church: training and empowering believers to know and serve God more effectively through disciplined self-study, group discussion led by trained tutors, and practical outworking.